राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके) गण्डकीको अध्यक्षमा विशाल
पाेखरा | जेठ १०, २०८२
पोखरा: राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकीको अध्यक्षको म्याग्दीका विशाल वि.क सर्वसम्मत चयन भएका छन् ।
पोखरामा आज सम्पन्न भएको राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको भेलाले विशालको अध्यक्षतामा ९ सदस्दयीय कार्यसमिति चयन गरेको अलबिनोका निर्देशक प्रखरदीप गुप्ताले जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको उपाध्यक्षमा तनहुँका केशवी सिग्देल, महासचिवमा कास्कीका राजेश बुढा मगर, सचिवमा म्याग्दीका भस्कर कुमाई र कोषाध्यक्षमा म्याग्दीका ममसरा सुनार सर्वसम्मत भए ।
सदस्यहरुमा गोरखाका प्रमिला बस्नेत, स्याङ्जाका लेखनाथ ढकाल, बागलुङका जीवन सुनार र म्याग्दीका भरदेवी विक चयन भए ।
राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)ले लुम्बिनीपछि गण्डकीमा समिति गठन गरेको हो ।
राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)का निर्देशक प्रखरदीप गुप्ताले अलविनो एक प्रकारको अपाङ्गता भएको बताए ।
‘अलविनो एक प्रकारको अपाङ्गता हो, शरिरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमिले छाला र कपाल सेतै हुने समस्यालाई अलविनो भनिन्छ’, निर्देशक गुप्ताले भने, ‘अलविनो भएका अपाङ्गतालाई सरकारले सन्सक्रिम र मलम निशुल्क रुपमा दिनुपर्छ ।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

